


धनगढी- सुदूरपश्चिम प्रादेशिक आयुर्वेद चिकित्सालयको ट्रान्सफर्मरमा समस्या आएपछि सेवा प्रभावित भएको छ । शुक्रबार देखी समस्या आएको ट्रान्सफर्मर बन्न नसक्दा सेवा प्रभावित भएको हो ।



हामीसँग भएको ट्रान्सफर्मरमा गत शुक्रबार देखी समस्या आयो चिकित्सालयका सूचना अधिकारी शुरेन्द्र शाहीले भने “के भएको हो अझै पत्ता लागेको छैन, म सोही समस्या लिएर बिद्युत कार्यालय आएको छु, यहाँबाट प्राविधिकको टोली गएपछि समस्या पत्ता लाग्छ र ट्रान्सफर्मरको समस्या समाधान हुन कति समय लाग्ने त्यसपछि मात्रै भन्न सकिन्छ ।”


ट्रान्सफर्मरमा समस्या आएपछि बिद्युत सेवा अवरुद्ध छ । जसका कारण ओपिडी बाहेक अन्य सेवा दिन सकिरहेको छैन । ल्याव, एक्सरे, पन्चकर्म, पूर्वकर्म लगायतका दैनिक सेवा प्रवाहमा समस्या देखिएको चिकित्सालयले जनाएको छ ।





