कञ्चनपुरका बाढी प्रभावितलाई क्षतिपूर्ति दिन प्रधानमन्त्रीसँग माग

कञ्चनपुर- नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटीले जिल्लामा आएको विपदबाट विस्थापित भएकाहरूलाई राहत तथा पुनर्स्थापना गर्न तथा मृत्यु भएकाहरूको परिवारलाई क्षतिपूर्ति दिन माग गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा माग पत्र बुझाउँदै जिल्ला अध्यक्ष लक्ष्मी बुढाले जिल्लामा २२ देखी २४ गतेसम्मको बाढीले ठूलो समस्या पैदा गरेको भन्दै सरकारले ध्यान दिनुपर्ने बताएकी थिइन् ।

Navadurga sun

‘मृतकका परिवारलाई क्षतिपूर्ति, घरबारविहीन परिवार, घरभित्र पानी पसि भित्रको खाद्यान्न नष्ट भई वर्षभरिको अन्न विहीन भएका परिवारहरू लगायत माथि उल्लेखित सबै पीडितहरूलाई यथाशीघ्र राहत तथा पुनर्स्थापनाको व्यवस्था गर्न माग गर्दछौँ’ प्रधानमन्त्री ओलीलाई बुझाइएको माग पत्रमा उल्लेख गरिएको छ ।

कञ्चनपुरमा पानीमा डुबेर चार जनाको मृत्यु भएको थियो । पुनर्वास–५ की १६ वर्षीया आरती बोगटी ,१५ वर्षीया सृजना बोगटी र १६ वर्षीया लक्ष्मी बोगटीको डुबेर ज्यान गएको थियो भने कृष्णपुर नगरपालिका–१ को पहरियामा घरमा जमेको पानीमा डुबेर ७ महिनाका सोनु धानुकको मृत्यु भएको थियो ।

जिल्लाभरि ४४ वटा घर पूर्ण रुपमा नष्ट भएका छन् भने ५५७ घरमा क्षति पुगेको छ। ५० वटा चौपायाको मृत्यु हुँदा हजारौँ बिघाको बाली नष्ट भएको छ। कुखुरा व्यवसायीहरूको करिब १४ हजार १८ कुखुरा नष्ट भएको प्रधानमन्त्री ओलीलाई दिइएका माग पत्रका उल्लेख गरिएको छ।

उनीहरूले कञ्चनपुरमा बाढीको समस्या सधैँका लागि हल गर्न प्रधानमन्त्रीसँग माग गरेका थिए । माग पत्र बुझ्दै प्रधानमन्त्री ओलीले कञ्चनपुरको समस्याप्रति आफू गम्भीर रहेको र समस्या समाधान गर्ने गरि अगाडि बढ्ने बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...