काठमाडौँ – देशभर मनसुन सक्रिय भएसँगै डेंगु संक्रमण बढ्न थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ११ दिनको अवधिमा १६४ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
पुस मध्य देखि असार ९ सम्म १२ सय ६८ जनामा देखिएको डेंगु असार १९ मा आइ पुग्दा १४ सय ३२ जनामा फेला परेको छ । जस अनुसार ११ दिनको फरकमा १ सय ६४ जना डेंगु संक्रमितका नयाँ बिरामी थपिएका छन्।
ईडीसीडीले ७७ जिल्लामध्ये ७३ जिल्लामा डेंगु संक्रमण फैलिएको जनाएको छ । हुम्ला, हुम्ला, डोल्पा र मुस्ताङबाहेक सबै जिल्लामा डेंगु संक्रमण फैलिएको हो ।