मुख्यमन्त्री सोडारीलाई एमालेले दिएको समर्थन फिर्ता

अत्तरिया- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घे बहादुर सोडारीलाई एमालेले दिएको समर्थन फिर्ता लिइएको छ। नेकपा एमाले, सुदूरपश्चिम संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो।
नेकपा एमाले प्रदेश संसदीय दलका नेता राजेन्द्र सिंह रावलले मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई दिएको समर्थन फिर्ता लिएको बताए । उनले मुख्यमन्त्रीको सचिवालय र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयमा समर्थन फिर्ता लिएको पत्र दर्ता गरेको बताए ।

मुख्यमन्त्री सोडारी धनगढीमा नभएकाले फोनमार्फत जानकारी गराइएको उनले बताए। उनले भने, ‘हामीले मुख्यमन्त्री ज्यूलाई दिएको समर्थन फिर्ता लिएका छौ । आजका मितिबाट लागु हुने गरेर पत्र पठाएका हो । मुख्यमन्त्री कार्यालय र सचिवालयमा दर्ता भएको छ । मुख्यमन्त्री ज्यूलाई फोनबाट जानकारी गराएका छौ ।’

Navadurga sun

नेकपा एमालेबाट सुदूरपश्चिम प्रदेश सरकार सहभागी तीन जना मन्त्रीले राजीनामा दिएका छन् । एमालेबाट आर्थिक मामिला मन्त्री सुरेन्द्रबहादुर पाल, वन, वातावरण तथा सहकारी मन्त्रालय वीरबहादुर थापा र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा साकीले राजीनामाको पत्र पठाएका हुन् । एकीकृत समाजवादीको महाधिवेशनका लागि मुख्यमन्त्री सोडारी सङ्घीय राजधानीमा छन ।

ADD Khali jpg
ADD Khali jpg
Loading...