सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी कै घर डुबानमा

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीको घर डुबानमा परेको छ । धनगढी उपमहानगरपालिका–१ शिवनगरमा रहेको सोडारीको घर क्षेत्रमा सुकुटी नालामा आएको बाढीले डुबान भएको हो ।

कैलाली बहुमुखी क्याम्पसको पश्चिम हुँदै बग्ने सुकुटी नाला भरिएकाले मुख्यमन्त्री सोडारीको घरसम्म पानी पुगेको छ । अहिले मुख्यमन्त्री सोडारीको घर सहित शिवनगर क्षेत्रको बस्ती डुबानमा परेको छ ।

शिवनगर क्षेत्रमा सुकुटी नालाको पानी पसेको हो । धनगढी उपमहानगरपालिका–१ का वडाध्यक्ष सन्तोष मुडभरीले शिवनगर क्षेत्रका ४० घर डुबानमा परेको बताए ।

शिवनगरको खानेपानीको ट्याङ्की भएको क्षेत्र, न्यूरोड क्षेत्रमा डुबान भएको हो । सुकुटी नालाको पानी बस्तीमा आएकाले घरहरू डुबानमा परेका हुन् । सुकुटी नालाका कारण बसन्तटोलमा पनि ३५ भन्दा बढी घरमा पानी पसेको छ ।

Loading...