टीकापुरमा असल करदातालाई सम्मान

टीकापुर- कैलालीको टीकापुर नगरपालिकाले असल करदातालाई सम्मान गरेको छ । नगर प्रमुख रामलाल डगौरा थारुले समयमै नियमित कर बुझाउने नौवटै वडाका एक संस्था र २४ जनालाई सम्मान गरेका हुन् ।

यसरी सम्मानित पूर्ण बहादुर विष्ट, पर्शुराम चपाई, रत्ना दमाई, गौरीशङ्कर चौधरी, जानकी देवी सेठी, रामेश्वर थारु, सीता चौधरी, कृष्ण बहादुर रावल , पदम बहादुर बम, शिवलाल चौधरी, ललिता कोइराला, प्रेम बहादुर चौधरी, सावित्री विष्ट, कृष्ण प्रसाद चौधरी, युनिक नेपाल लघुवित्त संस्था लिमिटेड शाखा, दान बहादुर चौधरी, मुन्नालाल चौधरी रहेका छन् ।

Navadurga sun

त्यसैगरी विश्राम कुश्मी, डबल बहादुर रावल, पवित्रा देवी शाह, बाबुराम चौधरी, नन्दसिंह साउँद,सन्तराम चौधरी, खुशीराम डगौरा थारु, पार्वती बुढालाई सम्मान गरिएको छ । सम्मानित रावलले कर बुझाउँदा पहिलो चौमासिक र दोस्रो चौमासिकमा बुझाउनेलाई छुटको व्यवस्था गरेमा कर समयमै बुझाउने बानी विकास हुने बताए । ‘पहिलो चौमासिकमा १५ प्रतिशतसम्म र दोस्रो चौमासिकमा १० प्रतिशत छुट दिने व्यवस्था स्थानीय पालिकाले गर्नुपर्छ’, उनले भने, ‘ढिलो गर्नेलाई त्यहीअनुसार कारबाही पनि गर्नुपर्छ।’

त्यसैगरी सम्मानित चौधरीले कर समयमै तिर्नुपर्ने जनाउँदै नागरिकले तिरेको कर सबैलाई काम लाग्ने गरी उपलब्धि देखिनु पर्ने बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दमन सिंह चौधरीले भने, ‘समयमै कर बुझाउँदा आफ्नै ठाउँको विकास हुन्छ ।’

नगर प्रमुख थारुले नियमित कर बुझाउने नागरिक असल करदाता भएका जनाउँदै कर बुझाएको रकम विकासका लागि आउने भएकाले, समयमै कर बुझाउने करदातालाई धन्यवाद दिए । ‘पालिकाले आन्तरिक आय बढाउन, समयमै कर बुझाउनु पर्छ भन्ने जनचेतना जगाउन हरेक वर्ष असल करदातालाई सम्मान गर्दै आएको छ’, उनले भने, ‘कर सङ्कलन भएर देश चलेको छ । यसैले करदाता सम्मानको हकदार छन् ।’ रासस

ADD Khali jpg
ADD Khali jpg
Loading...