पत्रकार महासंघको निर्वाचन तालिका संशोधन

काठमाडौँ- नेपाल पत्रकार महासंघको निर्वाचन समितिले असार ७ गते सार्वजनिक गरेको निर्वाचन तालिका संशोधन गरिएको छ ।

Dadeldhura hospital

असार २२ गते हुने समयलाई यथावत राखेको छ भने असार १३ गते हुने उम्मेदवारी दर्ताको समयलाई असार १५ गतेका सारिएको छ । मतदाताको अन्तिम नामावली प्रकाशन असार १४ गतेका लागि राखिएको छ ।

Navadurga sun
Godawari sandesh

 उम्मेदवारको नामावली प्रकाशन असार १५ गते साँझ आठ बजे गर्ने भएको छ । उम्मेदवार उपरको दाबी विरोध गर्ने समय असार १५ गते ८ बजे देखि असार १६ गते बिहान ११ बजे सम्म राखिएको छ ।

उम्मेदवारको मनोनयपत्र फिर्ता लिने समय असार १६ गते बिहान ११ बजेसम्म र उम्मेदवारको अन्तिम नामावली सोही दिन दिउँसो २ बजेको लागि राखिएको छ । असार २२ गते बिहान ९ बजे देखि ५ बजे सम्म चुनाव हुन्छ भने मतगणना चुनाव सम्पन्न भएपछि हुने नेपाल पत्रकार महासङ्घको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

Loading...