भारतमा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरका २ जनाको मृत्यु

कञ्चनपुर- भारत उत्तराखण्डको उद्यमसिंहनगर जिल्लामा पर्ने नानकमत्तामा भएको मोटरसाइकल दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा भीमदत्त नगरपालिका–३ का २४ वर्षीय सागर परियार र भीमदत्त नगरपालिका–१८ का १८ वर्षीय निखिल जैरु रहेका छन् ।

Dadeldhura hospital

जिल्ला प्रहरी कार्यालयका डीएसपी उमेश जोशीका अनुसार नेपाली नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका उनीहरूको आइतबार कार सँग ठोक्किएर दुर्घटना भएको हो ।

Navadurga sun
Godawari sandesh

मोटरसाइकल नम्बर भने खुलेको छैन । उनीहरूको पोष्ट मार्टम गरेर शव आफन्तले ल्याइसकेका छन् । दुर्घटनामा परी घाइते भएका एक जना उपचार पछि निको भएर घर फर्किएको डीएसपी जोशीले बताए । घाइतेको नाम नखुलेको उनले बताए ।

Loading...