धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारी नियुक्ति प्रकृयामा अशन्तुस्टी जनाउँदै प्रदेशसभामै विरोध जनाइरहेको नेपाली कांग्रेस नजिकिँदै गएको छ । सर्वोच्चको फैसलापछि सो विषयलाई प्रदेश सभामा नउठाएको कांग्रेसले नागरिक उन्मुक्तिका विषयलाई लिएर अवरोध जनाइरह्यो ।
अवरोधकै बिच मुख्यमन्त्री सोडारीले विश्वासको मत लिएका थिए । निरन्तर संसदमा अवरोध जनाइरहेको कांग्रेस नीति तथा कार्यक्रम प्रस्तुत भएपछि सदनमा सहभागी भइरहेको छ । प्रदेशका मुख्यमन्त्री सोडारी नियुक्ति प्रक्रियाका विरुद्ध नागरिक उन्मुक्तिलाई सर्बोच्च सम्म जान सघाएको कांग्रेस पछिल्ला केही दिनयता मुख्यमन्त्री सँग नजिकिएको छ ।
आज मात्रै एक कार्यक्रममा निवर्तमान मुख्यमन्त्री कमल बहादुर शाहले मुख्यमन्त्री दीर्घ सोडारीको प्रशंसा गरे । सोडारी राजनीतिमा निकै संघर्ष गरेर मुख्यमन्त्री बनेको भन्दै शाहले उनको प्रशंसा गरे । शाहले मुख्यमन्त्रीको सपथ ग्रहण कार्यक्रममा विविध कारण बस आउन नसकेको भन्दै कार्यक्रममै बधाई दिए । उनले मुख्यमन्त्री सोडारीको कार्यकाल सफल बनाउन प्रमुख प्रतिपक्षको दलको नेताको रुपमा सहयोग गर्ने पनि बताए । बजेट बेला यस्तो धारणा आयो नसोच्नुस, हामी सहयोग गर्ने छौ उनले भने ।
यता नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापति बिर बहादुर बलायरले एमालेकै कारण प्रदेश सरकार बन्धक बनेको बताए । कांग्रेस गोदावरी नगर सम्मेलनमा बोल्दै उनले प्रदेश सरकारलाई मन्त्रिमण्डल विहीन बनाउने नपाइने बताए । सरकारलाई समर्थन गर्ने तर सहभागि नहुने भनेको बन्धक बनाउने काम मात्र भएको उनको भनाई छ । उनले समर्थन फिर्ता लिन पनि सुझाएका छन् ।