Satyawati
Division ban Pahalmanpur

सत्ता साझेदार दलको असहयोगका कारण सोडारी नेतृत्वको सुदूरपश्चिम सरकार अप्ठेरोमा

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- सत्ता साझेदार दलको असहयोगका कारण सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई सत्ता जोगाउन अप्ठेरो पर्ने भएको छ । सोडारी मुख्यमन्त्रीमा नियुक्त भएको शुक्रबार ५१ दिन बितेको छ भने विश्वासको मत लिएको २३ दिन पुरा भएको छ ।

बैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएका सोडारीले जेठ ३ गते विश्वासको मत पाएका थिए । विश्वासको मत पाएको तीन साता बित्दा पनि उनले प्रदेश सरकारलाई पूर्णता दिन सकेका छैनन् । तीन सदस्यीय मन्त्रिमण्डलको भरमा सरकार चलाउँदै आएका सोडारीलाई सत्ता साझेदार दल नेकपा एमाले र माओवादी केन्द्रले मन्त्री पठाउँदा सरकारका कामकारवाही नै प्रभावित हुने खतरा बढेको छ ।

संविधान अनुसार आगामी आर्थिक वर्षको बजेट असार १ गते ल्याउनुपर्ने बाध्यता छ । तर जेठ अन्तिम सातासम्म पनि बजेट बनाउने जिम्मा पाएको अर्थमन्त्रालय मन्त्रि विहीन छ । बजेट निर्माणको समयमा अर्थमन्त्रालय नै खाली राख्दा मुख्यमन्त्री माथि विभिन्न टिकाटिप्पणी भइरहेका छन् । सोडारी माथि मन्त्रिमण्डल विस्तार नै गर्न नसकेको भनेर टिप्पणी भइरहँदा त्यो भन्दा बढी सत्तारुढ दल नेकपा एमालेको नियतमाथि प्रश्न उठेको छ ।

Malpot office dadeldhura

मुख्यमन्त्री सोडारीको नियुक्ती देखि विश्वासको मत दिँदा र सरकारलाई पूर्णता दिने सम्म एमालेले अनेकन अड्को हाल्दै गएपछि हालसम्म सरकारले पूर्णता पाउन नसकेको प्रस्टै छ । अझै पनि एमाले सोडारी नेतृत्वको सरकारमा जान तयार भैसकेको छैन । एमाले नगएपछि माओवादीले पनि सरकारमा जान चाहेको छैन ।

बझाङको उपनिर्वाचन अघि सम्म सरकारमा जाने नजाने विषयको निर्क्योल उपनिर्वाचनको परिणामले तय गर्ने एमालेको भनाइ थियो । त्यसवेला एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले भनेका थिए, ‘हामीले पहिल्यै देखि भन्दै आएकै कुरा हो, उपनिर्वाचन जितेको खण्डमा सरकारमा सहभागी हुन्छौँ । नभए बाहिरबाट सहयोग गर्छौँ ।’ एमालेको पक्षमा उपनिर्वाचनको मत परिणाम आएपछि मुख्यमन्त्री सोडारीले वैशाख २१ गते विश्वासको मत लिन प्रदेश सभा बैठक आह्वान गर्न लगाए ।

मुख्यमन्त्रीले यो तयारी गर्दैगर्दा नेकपा एमाले तत्काल विश्वासको मत दिन नसकिने अडानमा कस्यो । जसले गर्दा बैशाख २२ गतेलाई बोलाएको बैठक बस्नै सकेन । एमालेले सल्लाह नै नगरी संसद बैठक आह्न गरेको भन्दै त्यसमा पनि असहमति जनायो ।

एमालेको असहमतिपछि उक्त दिनको बैठक नै रोकियो । विश्वासको मत लिने सोडारीको दोस्रो प्रयास पनि असफल हुनपुग्यो । तेस्रो प्रयासमा सोडारीले गत जेठ ३ गते विश्वासको मत त पाए तर सरकार विस्तार गर्न सकेनन् ।

सोडारीलाई एमाले सहित माओवादी केन्द्र, नाउपा (रञ्जिता पक्ष), स्वतन्त्र प्रदेश सभा सदस्यले विश्वासको मत पाएका थिए । तर उनले यो बिचमा सरकार विस्तार गर्न गरेको प्रयास सफल हुन सकेन । शुक्रबार सम्म पनि सुदूरपश्चिम सरकार विस्तारमा देखिएको अन्योल कायमै छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...