Satyawati
Division ban Pahalmanpur

सुदूरपश्चिम प्रदेशको आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। प्रदेश प्रमुख नजिर मियाँले प्रदेश सभा बैठकमा आइतबार आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई समेटिएको छ ।

Malpot office dadeldhura

प्रदेश गौरवका सडक योजनालाई निरन्तरता दिने देखि क्रमागत अन्य पूर्वाधार विकास योजनालाई तीव्र रुपमा अघि बढाउने विषयमा नीति तथा कार्यक्रममा समावेश गरिएको हो । शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार लगायत क्षेत्रको विकासका लागि प्रदेश सरकारले देखिने गरी काम गर्ने विषय नीति तथा कार्यक्रममा राखिएको छ ।

त्यस्तै सुदूरपश्चिम प्रदेश राजधानी निर्माण प्रक्रिया अगाडि बढाइने विषय पनि नीति तथा कार्यक्रममा समावेश गरिएको हो । प्रदेश प्रमुख मियाँले प्रदेश राजधानी निर्माण प्रक्रिया अगाडि बढाइने बताएका हुन्। सुदूरपश्चिम प्रदेशसभाको २०७५ असोज १२ गते बसेको दोस्रो अधिवेशनको ४६ औँ बैठकले प्रदेशको राजधानी गोदावरी नगरपालिका को २ र ४ मा राख्ने निर्णय गरेको थियो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...