कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु

अत्तरिया- कैलालीमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका-१ अत्तरिया चोकमा आइतवार बिहान भएको सवारी दुर्घटनामा परी मोटरसाइकल चालकको मृत्यु भएको छ ।

विराटनगरबाट महेन्द्रनगर तर्फ जाँदै गरेको ना ८ ख ४३०१ नम्बरको ट्रकमा से ७ प १८९६ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका-३ का ३२ वर्षीय शिवराज रानाको सेती प्रादेशिक अस्पताल धनगढीमा थप उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

Loading...