Satyawati
Division ban Pahalmanpur

रुसबाट सबै नेपाली फिर्ता ल्याउन आन्दोलन थालेकी चाँदनीले श्रीमानको लास पनि पाइनन्

Purbadhar dadeldhura

कञ्चनपुरको वेदकोट नगरपालिका-९ सुन्दरपुरकी चाँदनी विष्ट । जो करिब एक महिनायता रुसी सेनामा भर्ती भएका आफ्ना श्रीमान् विराजन सहितका नेपालीको सकुशल उद्धार गरी नेपाल फर्काउनु पर्ने माग राखेर भइरहेको आन्दोलनमा थिइन् । उनी काठमाडौंमा पाँच महिना देखि रुसी सेनामा कार्यरत विराजनलाई स्वदेश झिकाउन आन्दोलित थिइन् । तर विराजनको मृत्यु भएपछि उनको त्यो आन्दोलनको पनि मृत्यु भएको छ ।

आन्दोलन छोडेर काम विशेषले घर आएकी उनी वैशाख २१ मा फेरि आन्दोलनकै लागि काठमाडौं फर्किंदै थिइन् । यही बेला उनको परिवारमा विराजनको मृत्युको खबर पुग्यो । त्यसपछि अस्ति बिहीबार मात्र मृतकको कुशको पुतला बनाएर महाकालीमा अन्तिम संस्कार गरिएको छ । अहिले लास समेत नआएका विराजनकी श्रीमती चाँदनी र छोरा विश्वासजंग किरियामा बसेका छन्।

Malpot office dadeldhura

४३ वर्षीय विराजन मंसिर १८ मा दिल्ली हुँदै रुस पुगेका थिए । उनीसँगै उनका उनका भाइ निराजन र नाति नाता पर्ने छिमेकी लोकेन्द्र पनि रुसी सेनामा भर्ती हुन गएका थिए । परिवारका अनुसार उनीहरू सबै जना दलाललाई जनही ७ लाख बुझाएर अघि बढेका थिए । मंसिर २१ मा सेनामा भर्ती भएका उनीहरू चैत मध्यसम्म युद्धमा खटिइसकेका थिएनन् । युद्धमा नजाउन्जेल सम्म सम्पर्कमा रहेका उनीहरू युद्धमा खटिएपछि सम्पर्क विहीन जस्तै हुन पुगेका थिए । त्यसको केही समयपछि विराजनको मृत्युकै खबर आएको हो ।

यस्तै मृतकका भाइ र नाति पनि अहिले गायब छन् । यसले परिवारमा शोक माथि शोक परेको छ । एउटै मोर्चामा संगै रहेका भाई निराजन बिष्टलाई बाहिर राखेर बंकर भित्र पसेका विराजनको एम्बुस बिष्फोटमा परेर मृत्यु भएको बताइएको छ। उनी युक्रेनी भूभाग तोकमाकमा थिए । मृतक विराजन भने १० वर्ष नेपाली सेनामा काम गरेर रोजगारीका लागि विभिन्न देश पुगेका थिए । उनले सिंगापुर, यूएई लगायतका देशमा पुगेर कतै सेक्युरिटी गार्ड त कतै पानी जहाजमा काम गरेका थिए ।

बैतडी पुर्चौडी गोरा गाउँ पुख्र्यौली घर भएका बिष्टको हाल महेन्द्रनगर संगै सानोठिमी भक्तपुरमा समेत बसोबास छ । युक्रेनमा अस्ताएका बिष्टका परिवाजनले शव पाउने संभावना नरहेपछि मृत्यु भएको आठौ दिनमा बिहीवार कुँशको शव बनाएर कञ्चनपुर स्थित महाकाली नदीमा उनको अन्त्येष्टि गरेका थिए ।

रुसी सेनामा रहेका बर्दियाका परशुराम चौधरी, सुर्खेतका महेश चन्द र भारतीय नागरिक अंकितले बिराजनको मृत्यु भएको पुष्टि गरेपछि परिवारजनले बिहीवार उनको मृत्यु संस्कार गरेको हो ।

Dadeldhura Aspatal & Ban
Loading...