मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन पक्षमा एमाले

अत्तरिया- नेकपा एमालेले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीलाई प्रदेश सभाबाट विश्वासको मत दिने पक्षमा देखिएको छैन ।

यस अघि शुक्रबार विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री सोडारीलाई एमालेले मत नदिने भए पछि शनिबार सारिएको थियो । तर, शनिबार पनि एमालेले मत नदिने भने पछि अहिले बैठक अनिश्चित कालिका लागि स्थगित भएको छ ।
सुदूरपश्चिममा एमालेले सुरुमा सोडारीलाई नस्वीकार्ने बताएको थियो । तर, उक्त अडान कायमै राख्दा सत्ता गठबन्धनमा गडबड आउने संकेत देखिए पछि एमाले आफ्नो अडानबाट पछि हटेको थियो ।

Navadurga sun
Godawari sandesh
Dadeldhura hospital

सुदूरपश्चिममा किचलो कायमै रहँदा प्रदेशसभामा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावल तथा प्रमुख सचेतक सुरेन्द्र पाल पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्नका लागि शनिबार बालकोट पुगेका थिए । उक्त भेटमा ओलीले उनीहरूलाई सोडारीलाई विश्वासको मत दिन हतारो नगर्न निर्देशन दिएका हुन् ।

सोडारी ६ वैशाखमा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । विश्वासको मत लिन उनलाई ५ जेठसम्मको समय छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा मुख्यमन्त्रीले विश्वासको मतका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । एमाले, माओवादी, नेकपा एस, नाउपा र स्वतन्त्र सांसदले विश्वासको मत दिँदा बहुमत पुग्छ ।

प्रदेश सभामा हाल कांग्रेसका १८, माओवादी केन्द्रका सभामुख सहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र एक जना स्वतन्त्र सांसद छन् ।

Loading...