सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीको विश्वासको मत लिने कार्य अनिश्चित

अत्तरिया- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीको विश्वासको मत लिने कार्य अनिश्चित भएको छ । शुक्रबार विश्वासको मत लिने गरि मुख्यमन्त्री सोडारीले तयारी गरेका थिए । तर, एमाले सहमत नहुँदा कार्य व्यवस्था परामर्श समितिको बैठक नै बस्न सकेन । अन्तिममा हिजोको प्रदेश सभा बैठक आज ५ः३० बजे सम्मको लागि स्थगित गरिएको थियो ।

शुक्रवारको बैठक पनि आफूहरूसँग सल्लाह नगरी राखिएको र शनिवार पनि परामर्श बिना नै मुख्यमन्त्रीले सारेको एमालेले संसदीय दलका नेता राजेन्द्र रावलले बताए । ‘हामीले विश्वासको मत नदिने भनेकै छैनौँ अहिले किन हतार गर्नु पर्‍यो ’ उनले भने, ‘हिजो पनि हामीसँग सल्लाह नगर्ने आजको लागि पनि सल्लाह नगर्ने यसरी हुन्छ ।’

Navadurga sun

बझाङको उपनिर्वाचनबाट निर्वाचित एमाले उम्मेदवार दमन भण्डारीको शपथ नभएसम्म एमालेले विश्वासको मत नदिने बताएको थियो । अहिले एमालेले मत नदिने भएपछि आज मुख्यमन्त्री सोडारीले विश्वासको मत नलिने जनाए। विश्वासको मतकै लागि आज आह्वान गरिएको प्रदेश सभा बैठक पनि अनिश्चितकाललाई स्थगित गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । अब थप छलफल र परामर्श गरेर विश्वासको मतको लागि अर्को मिति निर्धारण गरिने नेकपा एकीकृत समाजवादीका उपनेता प्रकाश रावलले बताए ।

ADD Khali jpg
ADD Khali jpg
Loading...