भोलि शुक्रबार सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने

अत्तरिया- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले भोलि शुक्रबार विश्वासको मत लिने भएका छन् । भोलि बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने तयारी छ । मुख्यमन्त्री सोडारीले विश्वासको मत लिनु अघि शुक्रबार बिहान कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।

Dadeldhura hospital

सोही दिन साँझ ५ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ भने बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मतका लागि प्रस्ताव पेश गर्ने प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।

Navadurga sun
Godawari sandesh

यहि वैशाख ६ गते उनी मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनी एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीका सांसदको समर्थनमा मुख्यमन्त्री बनेका हुन् । उनलाई सत्तारुढ दल र स्वतन्त्र सांसद तारा जोशीसमेत गरी ३० सांसदको समर्थन छ । ५३ सदस्यीय प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुख सहित ११, एमालेका ११, नागरिक उन्मुक्तिका ७, एकीकृत समाजवादीका ४, राप्रपाका एक र एक स्वतन्त्र सांसद छन् ।

Loading...