शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गेको गणना सकियो

कञ्चनपुर- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाह्रसिङ्गेको गणना गरिएको छ । बाह्रसिङ्गेको गणना सकिएको र प्राविधिक विश्लेषण गरेपछि अन्तिम परिणाम आउने निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराईले बताए । “दुई साताजतिमा अन्तिम परिणाम आउनेछ,” भट्टराईले भने । दुई वर्ष अघि भएको गणनामा फुक्लाफाँटामा २ हजार ३ सय १३ बाह्रसिङ्गे भेटिएका थिए ।

Ganyapdhura gau
Dadeldhura hospital

नेपाल प्रकृति संरक्षण कोष र जुलोजिकल सोसाइटी लन्डनको नेपाल स्थित कार्यालयको सहयोगमा बाह्रसिङ्गे गणना गरिएको भट्टराईले बताए । बाह्रसिंङ्गेको संरक्षण र व्यवस्थापन गर्ने उद्देश्यका साथ स्थापना भएको निकुञ्ज शुक्लाफाँटामा ठूलो बथान बाह्रसिङ्गे हेर्न सकिन्छ ।

Navadurga sun
Godawari sandesh

शुक्लाफाँटाको पहिचान बनेको बाह्रसिङ्गे हेर्न स्वदेशी तथा विदेशी पर्यटक शुक्लाफाँटा पुग्ने गरेका छन् । भालेको सिंगमा बाह्र वटा हाँगा हुने भएकाले बाह्रसिङ्गे भनिने यो प्राणी ठूलो वर्गको जरायो हो । बाह्रसिङ्गे हाल नेपाल र भारतमा मात्र पाइन्छ । नेपालमा यो बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँट वन्यजन्तु आरक्षमा पाइन्छ ।

दलदल युक्त क्षेत्र र घाँसे मैदानमा बस्ने बाह्रसिङ्गेको बासस्थान समुन्द्री सतहबाट १०० मिटरदेखि ३०० मिटरसम्म हो । कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बाट पाँच किलोमिटर दक्षिण–पश्चिममा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज २०२६ सालमा शिकार आरक्षको रुपमा स्थापना भएको थियो । अहिले यस लाई निकुञ्ज बनाइएको छ ।

Loading...