Satyawati
Division ban Pahalmanpur

बैतडीमा एक युवक मृत फेला

Purbadhar dadeldhura

बैतडी- बैतडीका एक युवक मृत फेला परेका छन्। बैतडीको पुर्चौडी नगरपालिका- ५ दहताल टोलका ३० वर्षीय जगदिश बोहरा शनिबार मृत फेला परेका हुन् ।

Malpot office dadeldhura

बोहरा आफ्नै घर भित्र झुण्डिएको अवस्थामा मृत भेटिएका पुर्चौडी नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नागि सिंह खडायतले जानकारी दिए । मृतक बोहराको घरमा श्रीमती र एक छोरा रहेका वडा अध्यक्ष खडायतले बताए ।

झण्डै १० वर्ष वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा बसेका बोहरा गत पौस महिना मात्रै नेपाल फर्किएका थिए । बोहराले पासो किन लगाए भन्ने कुरा खुलेको छैन् । घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...