सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले दिए पदबाट राजीनामा

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले राजीनामा दिएका छन् । प्रदेश सभामा बिहीवार विश्वासको मत लिने तयारीमा रहेका शाहले अन्तिममा आएर बहुमत नपाउने भएपछि राजीनामा दिएका हुन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाएका छन् । राजीनामा बुझाउन उनी प्रदेश प्रमुखको निवासमा पुगेका हुन् ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले बिहीवार दिउसो ३ बजेको प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची थियो । तर, विश्वासको मत पाउने वातावरण नभएपछि साँझ ५ बजेका लागि बैठक सारिएको थियो । तर, ५ बजे पनि मुख्यमन्त्री शाहको पक्षमा बहुमत नजुटेपछि उनले राजीनामा बुझाएका हुन् ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले प्रदेशका मुख्यमन्त्री शाहको साथ छोडेकाले उनी अल्पमतमा परेका थिए । सरकारले कुनै पनि पार्टीको साथ गुमाएपछि सदनबाट ३० दिन भित्र विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान रहेको छ । 

Loading...