कैलालीको धनगढीका सामुदायिक विद्यालयहरूमा अब एकै प्रकारको पोसाक

धनगढी- कैलालीको धनगढीका सामुदायिक विद्यालयहरूमा अब एकै प्रकारको पोसाक हुने भएको छ ।  धनगढी उपमहानगरपालिका भित्रका सामुदायिक विद्यालयमा नयाँ शैक्षिक सत्र २०८१ को वैशाखदेखि एकै प्रकारको पोसाक लागु हुने भएको हो ।

बिहीबार उपमहानगर भित्रका अधिकांश विद्यालयका प्रधानाध्यापक र प्रतिनिधिहरूले उपमहानगरसँग एकै प्रकारको पोसाक बनाउने सम्झौता गरेका छन् । धनगढी उपमहानगरपालिकामा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख गोपाल हमाल र पञ्चोदय माविका प्रधानाध्यापक हरिश ओझाले सम्झौता आदानप्रदान गर्दै कार्यक्रमको सुरुवात गरेका हुन् ।

Navadurga sun

नयाँ पोसाकमा आकाशे नीलो रङ्गको कमिज वा कुर्ता, गाढा नीलो रङ्गको पाइन्ट वा सुरुवाल, गाढा नीलो रङ्गको टाई, छालाको कालो जुत्ता वा कपडाको सेतो जुत्ता, गलाको स्वेटर वा गाढा नीलो रङ्गको कोट, गाढा नीलो रङ्गको बेल्ट, छात्राका लागि सेतो रिबन, ऊनको टोपी अनिवार्य गर्ने सम्झौता भएको हो ।

अधिकांश प्रधानाध्यापकहरूले कापी कलम किन्न नसक्ने गरिब परिवारका बालबालिकाका लागि यो नियम खर्चिलो हुने बताएका थिए । तर, नगर प्रमुख हमालले ‘मेयर शैक्षिक कोष’ स्थापना गरेर त्यसमा निजी क्षेत्र र दातृ निकायलाई जोडेर भएपनि उनीहरूका लागि विद्यालय पोसाकको व्यवस्थापन गरिने बताएका थिए ।

उपमहानगरलाई आफ्नो स्थानीय तहभित्रको आधारभूत र माध्यमिक शिक्षा व्यवस्थित गर्न पाउने अधिकार छ । नगर प्रमुख हमालले पहिलो वर्षको परीक्षणपछि त्यसमा आएका समस्याहरूलाई समाधानका लागि सम्झौतामा हेरफेर र संशोधन गर्न सकिने बताए । पोसाकको सम्झौता सँगै उपमहानगरले सामुदायिक विद्यालय बीचको कार्यसम्पादन सम्झौता पनि गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...