कैलालीको गोदावरीमा ३ महिने आल्मूनियम फेब्रिकेटर तालिम सम्पन्न

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकामा आल्मूनियम फेब्रिकेटर तालिम सम्पन्न भएको छ । गोदावरी नगरपालिका अत्तरिया कैलालीको सहकार्य र व्यवसायिक तथा सीप बिकास तालिम केन्द्र धनगढी कैलालीको आयोजनामा संचालित ३ महिने आल्मूनियम फेब्रिकेटर तालिम सोमबार एक कार्यक्रमका बिच सम्पन्न भएको हो ।

Navadurga sun

तालिम समापन कार्यक्रममा बोल्नु हुँदै गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टले गोदावरी नगरपालिकाले विभिन्न सीप मुलक तालिमहरु प्रदान गरी यूवाहरुलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको बताएका छन् । साथै उनले स्थानिय सरकारले सबै क्षेत्र र वर्गका लागि तालिम दिन आवश्यक रहेको भन्दै तालिमबाट प्राप्त गरेको ज्ञान र सीपलाई आफ्नो व्यावहारिक जीवनमा लागु गर्न पर्ने बताएका छन् ।

३ महिने आल्मूनियम फेब्रिकेटर तालिमबाट सिकेको कुरा व्यवहारमा लागु गर्नुपर्छ’ उनले भने ‘तालिम सिकेका यूवाहरुलाई कुनै पनि कार्य गर्नका लागि स्थानिय सरकारले सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे ।’

त्यस्तै कार्यक्रममा बोल्दै गोदावरी नगरपालिकाका रोजगार संयोजग रोहित प्रसाद जोशीले ९० दिने आल्मूनियम फेब्रिकेटर तालिम उपलब्धी मुलक भएको भन्दै तालिमबाट नगरपालिका भित्र रहेको यूवाहरुलाई कसरी स्वरोजगार बनाउने भन्ने उद्देश्यका साथ विभिन्न किसिमका तालिमहरु गर्दै आई रहेको बताएका छन् ।

कार्यक्रममा बोल्दै सीप विकास तालिम केन्द्रका प्रतिनिधि प्रकाश बोहराले सीप विकास केन्द्र धनगढीले यूवाहरुलाई विभिन्न किसिमका सीप मुलक तालिमहरु दिई रहेको त्यस अन्तरगत यो पनि एउटा भएको बताए । सिकेका सीपहरुलाई व्यवहारमा लागु गर्नुपर्ने बताउँदै सीपलाई निरन्तरता दिनु पर्ने बताए ।

आल्मूनियम फेब्रिकेटर तालिम सम्पन्न कार्यक्रममा बाेल्नु हुँदै गाेदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्ट

ADD Khali jpg
ADD Khali jpg
Loading...