एमाले कैलाली अध्यक्षमा ढुङ्गाना र सचिवमा चौधरी बिजयी

Purbadhar dadeldhura

अत्तरिया- नेकपा एमाले कैलालीको अध्यक्षमा यज्ञराज ढुंगाना विजयी भएका छन् । पूर्व प्रदेश सचिवालय सदस्य समेत रहेका ढुंगाना प्रतिद्वन्द्वी डेजी पाण्डेलाई पराजित गर्दै विजयी भएका हुन् ।

ढुंगानाले २ सय ८७ मत प्राप्त गर्दा पाण्डेले २ सय १८ मत ल्याएका छन् । अध्यक्षका प्रतिद्वन्द्वी दुर्गा प्रसाद जाेशीले ६३ मत पाए। उनी हालका कार्यवाहक अध्यक्ष समेत हुन् । अध्यक्षमा तीन जनाले प्यानल सहित उम्मेदवारी दिएका थिए ।

यस्तै उपाध्यक्षमा पाण्डे प्यानलका लाेकेन्द्र बहादुर शाही पाँच मतले विजयी भएका छन् । उनले एक सय ९३ मत पाउँदा प्रतिद्वन्द्वी दल बहादुर बिष्टले एक सय ८८ मतमा चित्त बुझाएका छन् ।

उपाध्यक्षका उम्मेदवार विष्णु चाैधरीले १ सय ६ मत, मदनराज ओझाले ३३ मत र गजेन्द्र स्वारले २७ मत ल्याएका छन् ।

Malpot office dadeldhura

सचिवमा भने पाण्डे प्यानलका ममताप्रसाद चाैधरी विजयी भएका छन् । चाैधरी २ सय ४३ मतसहित विजयी हुँदा उनका प्रतिद्वन्द्वी ढुंगाना प्यानलका विष्णुकुमार चन्दले १ सय ६८ मत मात्रै पाएका छन् ।

सचिवकै अर्का उम्मेदवार दान बहादुर विश्वकर्माले एक सय ४७ मत प्राप्त गरेका छन् ।उपसचिव (खुला) मा भने ढुंगाना प्यानलका चुडामणी भट्ट विजयी भएका छन् ।

भट्ट २ सय ५१ मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी भुवन रिजालले एक सय २३ मत पाए । यस्तै अर्का उम्मेदवार नृप थ्यायत खड्काले ९५ र राजु गुरूङले ७१ मत पाएका छन् ।

उपसचिव (महिला) मा गंगाकुमारी चाैधरी एक सय ९६ मतसहित विजयी भएकी छन् । उनकी प्रतिद्वन्द्वी शान्तिदेवी सिंहले १ सय ६१, रत्ना कुँवर जाेशीले ९४ र अम्बिका विष्टले ९० मत पाएकी छन् ।

फागुन ६ गते सुरू भएकाे एमाले नवाैँ अधिवेशनमा छैटौं दिन शुक्रबार मात्र मतदान भएकाे थियाे । कुल ५ सय ९१ प्रतिनिधि रहेकाेमा ५ सय ७७ मत खसेकाे थियाे ।

शनिबार राति देखि पदाधिकारीकाे मतगणना गरिएको थियाे भने सदस्यकाे मत गणना अब हुने निर्वाचन कमिटीले जनाएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...