कैलाली- नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन मार्फत केही पदका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।
लेखा समितिको उपाध्यक्षमा पार्वती बराइली (रेसु) निर्विरोध निर्वाचित हुँदा सचिवमा गणेश बहादुर बोहरा पनि निर्विरोध भएका छन् । एक एक पदको उपाध्यक्ष र सचिवमा उनीहरु दुई जनाको मात्रै उम्मेदवारी परेको थियो । त्यस्तै अध्यक्षमा जनक राज जोशी र रामचन्द्र जोशी बिच प्रतिस्पर्धा हुने भएको छ भने ४ सदस्यको लागि ५ जनाको उम्मेदवारी परेको छ ।
बुद्धिजीवी तर्फ हरि प्रसाद सापकोटा र मजदुर तर्फबाट जित बहादुर मल्ल,चन्द्र प्रकाश गैरे र हिरा देवी विष्ट पनि निर्विरोध निर्वाचित भएका छन् ।
अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गा प्रसाद जोशी, डेजी पाण्डे चुनावी मैदानमा छन् ।
उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ । गजेन्द्र स्वार, दल बहादुर विष्ट, मदन ओझा, वीरेन्द्रबहादुर रावल, विष्णु बहादुर चौधरी र लोकेन्द्र शाही उपाध्यक्षको प्रतिस्पर्धामा रहेका छन् ।
सचिवमा विष्णु कुमार चन्द, दान बहादुर विश्वकर्मा र ममता प्रसाद चौधरीको मनोनयन परेको छ । उपसचिवमा राजु गुरुङ, किशोर शाह, चूडामणि भट्ट, मदन रेग्मी, नृप थ्यायत खड्का, चक्र बहादुर विष्ट, भुवन रिजालले उम्मेदवारी दिएका छन् ।
त्यस्तै महिला उपसचिवमा रत्ना कुँवर जोशी, अम्बिका विष्ट मल्ल, गङ्गा कुमारी चौधरी, शान्ति देवी सिंह र गीता चौधरीको मनोनयन परेको छ ।
आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले एक एमाले कैलालीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । भोली मतदान मार्फत एमालेले नयाँ नेतृत्व पाउने छ ।