कैलालीको लम्कीचुहामा फागुन १३ गते देखि दादुरा-रुवेला विरुद्धको खोप अभियान सञ्चालन हुने

RBB Bank Suvakamana
Purbadhar dadeldhura

कैलाली- कैलालीको लम्कीचुहा नगरपालिकाले फागुन दोस्रो साता देखि दादुरा-रुवेला विरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ । केन्द्र सरकारको अभियान अन्तरगत नगरपालिकाले फागुन १३ गते देखि बालबालिकालाई दादुरा-रुवेला विरुद्धको खोप लगाउने अभियान सञ्चालन गर्ने भएको हो ।

बुधवार नगरपालिकाको स्वास्थ्य शाखाले पालिका स्तरीय एक दिने कार्यशाला गोष्ठीको आयोजना गर्दै दादुरा-रुवेला विरुद्धको राष्ट्रिय खोप अभियानको विषयमा जानकारी दिएको छ ।

नगरपालिका भित्रका नौ महिना देखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा-रुवेला विरुद्धको खोप दिन लागेको स्वास्थ्य शाखा प्रमुख जयन्ती बि.सि.ले जानकारी दिएकी छन ।

Malpot office dadeldhura

अभियानलाई प्रभावकारी बनाउनका लागि यो पटक नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत गरि ८४ वटा विद्यालयमा खोप केन्द्र राखेर खोप अभियान सञ्चालन गर्ने उनले बताइन । गोष्ठीमा नगरपालिकाका सम्पूणर् जनप्रतिनिधि, स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंमसेविका को उपस्थिति रहेको थियो ।

सन् २०२६ सम्म दादुरा-रुवेला निवारण गर्ने लक्ष्यका साथ सञ्चालन हुन लागेको खोप अभियानमा शत प्रतिशत बालबालिकालाई उपस्थित गराउनका निमित्त आ-आफ्नो ठाउँबाट लाग्ने सहभागीहरूले प्रतिबद्धता व्यक्त गरेका थिए । फागुन १३ गते देखि सञ्चालन हुने खोप अभियान चैत्र ७ गते सम्म सञ्चालन हुने छ । देश भरका ५१ वटा जिल्लाका ५७ हजार बालबालिकामा दादुरा-रुवेला विरुद्धको खोप लगाइने छ ।

दादुरा रोग ज्यादै छिटो सर्ने भाइरसबाट हुने संक्रमण रोग हो । यो रोग कुनै पनि उमेरका मानिसमा लाग्न सक्छ । तर पाँच वर्ष मुनिका बालबालिकामा यो रोग धेरै पाइने गरेको छ । खोप द्धारा बचाउन सकिने रोग मध्ये बालबालिकाको मृत्यु गराउने एक प्रमुख कारण दादुरा रोग हो । दादुरा रोग लागे पछि निमोनिया, झाडापखाला, मेनिन्जाइटिस, कुपोषण जस्ता जटिलताहरूलाई बालबालिकाको ज्यान लिन सक्दछ भने छिटो भन्दा छिटो महामारीको रूप लिन पनि सक्दछ ।

दादुरा-रुवेलाको संक्रमण भए ज्वरो आउने र शरीरमा राता बिमिरा देखा पर्ने, रुघा खोकीको लक्षण चिन्हहरू ( नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने, आँखा पाक्ने, रोगीको सम्पर्कमा आएको १०-१२ दिन पछि मात्र दादुराको लक्षण (ज्वरो) देखा पर्दछ भने १२ देखि २३ दिन पछि रुबेलाको लक्षण देखा पर्दछ ।

लम्कीचुहा नगरपालिकामा अझै ५० प्रतिशत बालबालिका दादुरा-रुवेलाको खोप लगाउन बाकी रहेका छन ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...