कैलालीमा अध्यक्षका लागि तीन जनाको उमेदवारी, मतदान भोली हुने

कैलाली- नेकपा एमालेको कैलाली जिल्ला नेतृत्वका लागि तीन जना बीच प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन कार्यालयले प्रकासित गरेको उमेदवारको अन्तिम नामावली अनुसार कार्य बाहक अध्यक्ष दुुर्गा प्रसाद जोशी, बर्तमान सचिव डेजी पाण्डेय र यज्ञराज ढुंगाना बीच प्रतिस्पर्धा हुने भएको हो ।

कमल सिंह रानाले पनि अध्यक्षमा उम्मेदवारी दिएका थिए । तर, पछि उनले फिर्ता लिए । उपाध्यक्ष पदमा ६ जनाको उम्मेदवारी रहेको छ । गजेन्द्र स्वार, दल बहादुर विष्ट, मदन ओझा, वीरेन्द्र बहादुर रावल, विष्णु बहादुर चौधरी, लोकेन्द्र शाहीले उमेदवारी दिएका छन ।

सचिवमा विष्णु कुमार चन्द, दान बहादुर विश्वकर्मा र ममता प्रसाद चौधरी गरी ३ जनाले उम्मेदवारी दिएका छन । चन्द यज्ञराज ढुंगाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव हुन ।

उपसचिवमा राजु गुरुङ, किशोर शाह, चूडामणि भट्ट, मदन रेग्मी, नृप थ्यायत खड्का, चक्र बहादुर विष्ट, भुवन रिजालको उमेदवारी परेको छ ।

त्यस्तै महिला उपसचिवमा रत्ना कुवर जोशी, अम्बिका विष्ट मल्ल, गंगा कुमारी चौधरी, शान्ति देवी सिंह र गीता चौधरी रहेका छन् ।

निर्वाचन समितिले समय अभावका कारण बुधबार पनि मतदान नहुने जनाएको छ । प्रमुख निर्वाचन अधिकृत मान बहादुर जोराले मतदान भोली (विहीबार) मात्रै हुने बताए । उनले संसोधित तालिकाको तयारी भई रहेको बताए । आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले कैलाली जिल्लाको नवौँ अधिवेशनको सुखडमा उद्घाटन गरेका थिए ।

Loading...