एमाले कैलालीको अध्यक्षका लागी तीन जनाले गरे दावेदारी

धनगढी- नेकपा एमाले कैलालीको अध्यक्षका तीन जनाले दावेदारी प्रस्तुत गरेका छन् । कैलालीको सुख्खडमा यही फागुन ६ र ७ गते हुने जिल्ला अधिवेशनबाट अध्यक्षका लागी अहिलेका कार्यवहाक अध्यक्ष दुर्गाप्रसाद जोशीसहित तीन जनाले दावेदारी प्रस्तुत गरेका हुन् ।

यस्तै अध्यक्षका लागी दावेदारी प्रस्तुत गर्नेमा सचिव डेजी पाण्डेय र यज्ञराज ढुंगाना छन् । नेकपा एमाले कैलालीको अधिवेशनका लागि बिहीबार पदाधिकारीमा आकांक्षा राख्नेलाई इच्छापत्र पेश गर्ने समय दिइएको छ । एमालेले पदाधीकारीमा चाहना गर्नेलाई उम्मेदवारी दिन आग्रह गरे अनुसार अध्यक्षमा तीन जना, उपाध्यक्षमा आठ, सचिवमा १२ र दुई उपसचिवका लागि ३० जनाले दावेदारी प्रस्तुत गरेका छन् ।

उपाध्यक्षमा आठ जनाले उम्मेदवार बन्ने मनसाय व्यक्त गरेका छन् । उपाध्यक्षका लागी अहिलेका उपसचिव लोकेन्द्र शाही, सचिवमा अहिलेका उपसचिव ममता प्रसाद चौधरीले उम्मेदवार बन्ने मनसाय व्यक्त गरेका छन् । यस्तै उपाध्यक्षमा लोकेन्द्र बहादुर शाही, निर्प वहादुर थ्यात, मनराज शाही, मदनराज ओझा, दल बहादुर रावल, प्रेम बहादु डगौरा, शर्मानन्द भट्ट, गजेन्द्र स्वारले समेत उम्मेदवार बन्न रुची देखाएका छन् ।

यस्तै गरेर सचिवमा ममता प्रसाद चौधरी, वक्त बहादुर शाही, हितेस ओझा, विष्णु बहादुर चौधरी, द्धारिका प्रसाद न्यौपाने, भिष्मराज सुवेदी, विरेन्द्र बहादुर रावल, शम्भु कुँवर, आनन्द प्रसाद भट्ट, चुडामणी भट्ट, कमल सिंह राना र विष्णु चन्दको उम्मेदवारी परेको छ ।

दुई उपसचिवमा लागि राजु गुरुंग, चक्रबहादुर विष्ट, नौरतादेवी खड्का, मदनराज रेग्मी, टीकाराम आचार्य, हिक्मत रावल, दलबहादुर विष्ट, केदारप्रसाद ओझा, अम्विका विष्ट, भुवन रिजाल, निर्मला सञ्ज्याल, धिमलाल जोशी, किशोर शाह, लक्ष्मी केसी, गणेश बहादुर साउद उम्मेदवार बन्ने मनसाय व्यक्त गरेका छन् । यस्तै मोहन विक, ध्रुव बहादुर भण्डारी, खगेन्द्र कुमार ठकुल्ला, जगत बोहरा, ध्रुवराज खत्री, नेत्र प्रसाद खनाल, कमला कुँवर, बृष्मा चौधरी, हर्क बहादुर बुढा, टेकबहादुर बुढा, प्रेम भूल, गोविन्द कोइराला, रत्ना कुँवर जोशी, गणेश बुढा र सुरज परिवारले दावेदारी प्रस्तुत गरेका छन् । नवौँ जिल्ला अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताइएको छ ।

Loading...