लम्कीचुहा नगरपालिकाका शिक्षा अधिकृत न्यौपानेलाई कालोमोसो

धनगढी- कैलालीको लम्कीचुहा नगरपालिकाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालो मोसो दलेको छ । अधिकृत न्यौपानेलाई क्रान्तिकारी युवा संगठन नेपालका सदस्यहरूले सोमवार कालो मोसो दलेका हुन् ।

अधिकृत न्यौपानेले नगरपालिकाभित्रका विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापकलाई अभद्र व्यवहार गरेको, संघिय अनुदान कोटाका शिक्षकसँग कमिसन लिएको, खेलकुदका सामाग्री खरिदमा कमिसन खाएको, बिदाको दिन सार्वजनिक सवारी साधनको दुरुपयोग गरेको भन्दै कालो मोसो दलेको हो ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...