धनगढी– कैलालीको गेटास्थीत मोहना-अत्तरिया ६ लेन सडकखन्ड अन्तर्गत गेटामा बस र म्याजिक ठोक्किएका छन् । आज शुक्रबार साँझ साढे ५ बजेको समयमा धनगढी अत्तरिया ६ लेन सडकखण्ड अन्तरगत गेटा नजिक ना ४ ख ७२३० नम्बरको बस र से १ ज ३५४ नम्बरको म्याजिक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा ९ जना घाईते भएका हुन् ।
जिल्ला ट्राफिक कार्यालय कैलालीका अनुसार दुर्घटनामा घाईते भएका ९ जनालाई धनगढीस्थीत माया मेट्रो अस्पताल र नवजिवन अस्पताल प्रा.ली.मा भर्ना गरिएको जनाइएको छ।