अत्तरिया- अत्तरियाको धनगढी रोडमा रहेको गुरुङ मम एण्ड फास्टफुडमा नगद ८/१० हजार लगायत बियर, चिसो, १ मोवाइल, चुरोड आदि गरेर करिब ४० हजार बराबरीको चारी भएको छ ।






आइतबार राती २ बजेर १५ मिनेट जाँदा चोरी भएको हुन सक्ने होटलका संचालक जोनि गुरुङ्गले बताएका छन्। उनले पर्खाल चढेर उक्त चोर भित्र पसेको बताए ।





सिसिटीभी क्यामरा नभएकोले चोरको बारेमा अज्ञात रहेको र कुनै व्यक्ति माथि संका पनि नभएको संचालन गुरुङ्गले बताए ।




