कैलालीबाट लागुऔषधसहित एक जना पक्राउ

Dadeldhura hospital

धनगढी- कैलालीबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–९ प्रतापपुरबाट तीन सय १० मिलिग्राम लागुऔषधसहित एक जना पक्राउ परेका हुन्।

लम्कीचुहा नगरपालिका–९ का ३४ वर्षीय साजित चौधरी शनिबार राति लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ। प्रहरी चौकी प्रतापपुरबाट खटिएको प्रहरीले उनलाई लागुऔषधसहित पक्राउ गरेको हो।

 

Loading...