फरार प्रतिवादी पक्राउ: कैलाली र कञ्चनपुरमा दुई जना समातिए

धनगढी- कैलाली र कञ्चनपुरमा फरार रहेका दुई जना प्रतिवादी पक्राउ परेका छन्।

कैलालीमा, बहुविवाह मुद्दामा जिल्ला अदालत कैलालीको फैसलाअनुसार १८ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएकी धनगढी उपमहानगरपालिका–१८ निवासी गोमा बोहरा बयडीलाई इलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको टोलीले मंगलबार उनकै घरबाट पक्राउ गरेको हो।

Navadurga sun

त्यसैगरी कञ्चनपुरमा, अपहरण तथा व्यक्ति बेपत्ता सम्बन्धी मुद्दामा जिल्ला अदालत कञ्चनपुरको २०८२ जेठ ३० गतेको फैसलाअनुसार १० वर्ष कैद र ३ लाख रुपैयाँ जरिवाना तोकिएका शुक्लाफाँटा नगरपालिका–१० निवासी ४५ वर्षीय मोहन सिंह ऐरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले मंगलबार दिउँसो भीमदत्त नगरपालिका–४ दशरथचोकबाट पक्राउ गरेको जनाएको छ।

दुवै जनालाई सम्बन्धित अदालतमा पेश गर्ने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...