लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान गोदावरी २ बाट सुरु

अत्तरिया– लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान कैलालीको गोदावरी २ बाट सुरु गरिएको छ । शनिबार अत्तरियाको दुर्गा मन्दिर प्राङ्गणमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मानब अधिकारका लागि महिला गोदावरी एकल महिला समुहले उद्घाटन गरेका हुन ।

लैङ्गिक हिंसा अन्त्यको सुनिस्चितता महिला तथा बालबालिकामा लगानीको ऐक्यवद्धता भन्ने नाराका साथ सम्पन्न हुने उक्त अभियान २४ गते वडा नं १२ मा कार्यक्रम गरि समापन गरिने बताइएको छ । गोदावरी २ दुर्गा मँदिरबाट सँचालन भएको कार्यक्रम गोदावरी नगरपालिकाका १२ वटै वडामा सँचालन हुने बताइएको छ ।

Navadurga sun

कार्यक्रममा गोदावरी एकल महिलाकि नगर अध्यक्ष धना पाठकको अध्यक्षतामा गरिएको कार्यक्रममा आयोजकका १३ जना टिमको उपस्थिति रहेको थियो । बक्ताहरुमा बोल्दै अध्यक्ष धना पाठकले लिङ्ग को आधारमा भेदभाव गर्नु अपराध भएकोले यस्तो भेदभावको विरुद्ध १६ दिने अभियान चलाएको बताइन् ।

कार्यक्रम सँचालन वडा नम्बर २ कि एकल महिला नगर सचिव जानकी खड्काले गरिकी थिइन । वक्ताहरुमा वडा नंम्वर १० कि सदस्य माधबी मल्ल, वडा नंम्वर ११ कि सदस्य लक्ष्मी साउद, एकल महिला नगर सभापतिको समेत उपस्थिति रहेको थियो ।

ADD Khali jpg
Loading...