बझाङमा अटो दुर्घटना

Dadeldhura hospital

बझाङ- बझाङमा अटो दुर्घटना भएको छ। जिल्लाको जय पृथ्वी नगरपालिका–११ भोजपुरस्थित पक्की सडक खण्डमा आज (आइतबार) बिहान ७ः १० बजेको समयमा अटो दुर्घटना हुँदा चार जना सामान्य घाइते भएका छन्।

Ganyapdhura gau

भोपुरबाट चैनपुर आउँदै गरेको चन्द्रजंग चौहानले चलाएको सुदूरपश्चिम प्रदेश ०१००१ ह ५२३१ नम्बरको अटो एक्कासि अनियन्त्रित भएर सडकको नालीमा गएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दीपेश चौधरीले बताए। घाइतेहरू जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि घर फर्किसकेका छन्।

Couple
Loading...