सब-ओभरसियर चौधरीको मृत्युमा गाउँपालिकाद्वारा शोक वक्तव्य

धनगढी- कैलालीको कैलारी गाउँपालिकाले सब–ओभरसियर विशेष चौधरीको मृत्युमा शोक वक्तव्य जारी गरेको छ।
गाउँपालिकामा कार्यरत सब–ओभरसियर चौधरीको शव शुक्रवार फेला परेको थियो।

उनको शव फेला परेपछि गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरी, उपाध्यक्ष भगवतीकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐरद्धारा शोक वक्तव्य जारी गरिएको हो।

Navadurga sun

साथीहरूसँग टीकापुर घुम्न गएका चौधरी कार्तिक २५ गतेदेखि कर्णाली नदिमा बेपत्ता भएका थिए। शुक्रवार उनको शव टीकापुरको दौलतपुर घाटमा फेला परेको थियो। उनको निधनप्रति दुःख व्यक्त गर्दै गाउँपालिकाले शोक वक्तव्य जारी गरेको हो।

ADD Khali jpg
Loading...