अत्तरिया- कार्तिक १७ गते गएको भुकम्प जाजरकोट नलगाढ वार्ड न ७,५,१ का पहिलो चरणमा मृत्यु भएका परिवारलाई, दोस्रो चरणमा अपाङ्ग अशक्त र दलित परिवारलाई, तेस्रो चरणमा एकल महिला वृद्ध वृर्दा अनाथलाई, चौथो चरणमा पुणर् क्षती भैइ घरहरू ध्वस्त भएका पीडित परिवारलाई समाजसेवी चादनी ऐर र भागरथी बडाल घर घरमा बस्ती बस्तीमा गएर प्रत्यक्ष पीडित परिवारलाई नै राहत बितरण गरेका हुन ।












उक्त सहयोग देश तथा बिदेशबाट मनकारी दाताहरुद्वारा र पुर्व एस एस पि चक्र सिंहको सहकार्यमा कोरियाबाट उल्सान सिंहको बिशेष पहलमा उल्सान नेपाली समाज, ख्यङजु नेपाली एकता समाज, अन्याङ नेपाली समाज र कैलालीका समाजसेवी कबिन्द्र ठकुल्ला, समाजसेवी दिपक चौहान र ट्रान्सफर्मेटिभ सोसाइटी अफ नेपालबाट चादनी ऐरको पहल तथा सहकार्यमा २२५ परिवारहरुलाई स्थानीय नलगाढ वार्ड ७ का समाजसेवी महेश सिंहको सहजीकरणमा बितरण गरिएको छ ।





