अछाममा एक नगरपालिकाकी शाखा प्रमुख शर्माको निधन

अछाम- अछाममा एक नगरपालिकाकी शाखा प्रमुखको निधन भएको छ। जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाकी महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख भावना कुमारी शर्माको निधन भएको हो।

उपचारको क्रममा काठमाडौँको ब्लड हस्पिटलमा बुधवार बिहान उनको निधन भएको नगरपालिकाकी नगर प्रमुख अम्बिका चलाउनेले जानकारी दिइन्।

Navadurga sun

पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ३ घर भएकी शर्मा नगरपालिकामा विगत पाँच वर्षदेखि महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुखका रूपमा कार्यरत थिइन्। मृतक शर्माको श्रीमान् र एक छोरा छन्।

 

 

 

 

 

ADD Khali jpg
ADD Khali jpg
Loading...