विद्युतिय स्कुटरको ठक्करबाट २ जना घाइते

अत्तरिया– कैलालीमा विद्युतिय स्कुटरको ठक्करबाट २ जना पैदलयात्री घाइते भएका छन् । जिल्लाको लम्किचुहा नगरपालिका-२ मोटीपूर स्थित भित्रि सडक खण्डमा ३४ वर्षीय वासुदेव भाटले चालएको स्कुटरको ठक्करबाट सोही ठाउँका २ जना पैदलयात्री घाइते भएको ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

Dadeldhura hospital

ठक्करबाट घाइते हुनेमा लम्किचुहा-२ का ३० वर्षीया लक्ष्मी धामी र ५० वर्षीया आइती चलाउनी रहेको प्रहरीले बताएको छ । घाइते लक्ष्मीको लालरत्न अस्पतालमा उपचारपछि थप उपचारका लागि कोहलपुर रेफर गरिएको जनाइएको छ ।

Navadurga sun
Godawari sandesh

चलाउनीको भने लालरत्न अस्पतालमा उपचार भइरहेको छ । स्कुटर चालकलाई इलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको बताएको छ ।

Loading...