आज राति ८ सय मोबाइल सेट ब्लक हुँदै

धनगढी- आज (सोमबार) राति ९ बजेदेखि उच्च मूल्यका ८ सय मोबाइल सेट ब्लक हुने भएका छन् । सरकारको निर्देशनअनुसार तोकिएको समय भित्र मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) मा दर्ता नभएका मोबाइल सेट सोमबार देखि ब्लक गर्ने भएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा उच्च मूल्यका नयाँ सिरिजका मोबाइल सेट ब्लक गर्ने तयारी गरेको छ ।

करिब १० हजारवटा उच्च मूल्यका सेट एमडिएमएसमा दर्ता नभएको पाइएको प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले बताए । त्यस मध्ये सोमबार पहिलो दिन ८ सयवटा सेट ब्लक गरिनेछन् । क्रमिक रूपमा प्रत्येक दिन ८ सय देखि १ हजारवटा सेट ब्लक गरिने उनले बताए ।

Navadurga sun

पहिलो चरणमा प्राधिकरणले हाइप्रोफाइललाई लक्षित गरेको छ । ‘नियम सबैले पालना गर्नुपर्छ । त्यसैले पहिलो चरणमा हाइप्रोफाइल व्यक्तिलाई नै नियमको दायराभित्र ल्याउने कोसिस गरेका हौँ,’ उनले भने । ब्लक भएका मोबाइल सेट पुनः खुलाउन सकिने वा नसिकने भन्ने विषयमा भने प्राधिकरणले कुनै निणर्य गरेको छैन ।

ADD Khali jpg
Loading...