प्रकाश बहादुर बोहरा
अत्तरिया, १८ कार्तिक- कैलालीको धनगढीमा रहेको चाइल्ड ब्रेन डेभलपमेन्ट सेन्टरले दुई दिने बौद्धिक क्षमता बिकासका लागि मिड ब्रेन एक्टीबेसन सम्वन्धी प्रशिक्षण सम्पन्न गरेको छ । सेन्टरले ५ बर्ष देखि माथी र १५ बर्ष मुनिका नानी बाबुहरुको बौद्धिक क्षमता विकासका लागि मिड ब्रेन एक्टीबेसन र बौद्धिक क्षमता पहिचानका लागि DMIT टेस्ट सम्बन्धी १७ र १८ गते गरी २ दिन सम्म संचालन गरेको हो ।










त्यस्तै कार्यक्रमको बारेमा जानकारी दिनु हुँदै सेन्टरका तालिम कोअर्डिनेटर झुम अधिकारीले बालबालिकाहरुले आँखामा पट्टी बाँधेर देख्न सक्ने प्रदर्शनी गर्ने छन् । यो कुनै जादु, चटक नभई ती बालबालिकाहरुको बौद्धिक क्षमताबाट देख्न सक्ने र पढन सक्ने भएका हुन् । उनले अभिभावकहरुलाई यो कुनै जादु र टोना चटक खेल देखाउने रुपमा प्रयोग नगरिदिन हुन समेत अनुरोध गरेका छन् ।
‘दुईवटा कार्यक्रम गर्ने छौं ।’ उनले भने, ‘एउटा दुई दिनको वर्कशप हुने र बच्चाहरुको दिमाग र हातको फिङ्गरको रिलेशन हुन्छ र त्यही फिङ्गरको रिपोर्ट लिएर उहाँहरुको बैज्ञानिक चिन्हा टिप्पन बनाउँछौं ।‘ किताब नै निर्माण गरी भबिष्यका कुन बिषय पढन सक्ने के गर्दा राम्रो हुन्छ भन्ने कुरा बुकमा देखिने बताए । १८ जना बालबालिकाहरुको बुक तयार गरेको समेत बताए । DMIT टेस्ट १ बर्ष देखि माथिका जुनसुकै बच्चाहरुको गर्न सकिने छ । यसलाई हामी निरन्तरता दिने छौं, उनले भने ।

त्यस्तै कार्यक्रममा डिल्ली फरियावादबाट आउनु भएका प्रशिक्षक दिपक कुमारले लजिक स्टार्ट भएपछि सिक्ने प्रविधि कम हुँदै जाने बताए । कुनै पनि कुरा सिक्नको लागि लजिक हटाउनु पर्ने बताए । ‘हामिहरुले बालबालिकाहरुलाई सिकाउनका लागि लजिक हटाउने पुरा कोशिस गरेका थियौं ।’ उनले भने, ‘हाम्रो दिमाग दुइ पार्टमा बिभाजन हुन्छ लेफ्ट र राईटमा राईट के्रटिभ र लेफ्ट लजिकल हुन्छ ।’ हाम्रो दिमाग पिक्चरमा काम गर्छ । पिक्चर मेमोरी परमानेन्ट स्टोरेज हुने बताए ।


उक्त दुई दिन सम्म संचालन कक्षामा सहभागि भएका बालबालिकाहरुको क्षमताको प्रदर्शनी (आँखा बन्द गरेर पनि बस्तुहरु चिन्न सक्ने क्षमता) हरु प्रस्तुत गरिएको थियो । प्रदर्शनिमा बालबालिकाहरुले आँखामा पट्टी बाँधेर दिइएका प्रचिहरुको कलर देखि लिएर त्यो कुन कलरको छ । त्यसमा कुन अंक छ त्यो समेत बताउन सफल भएका थिए । दुइ दिनको तालिमबाटै बालबालिकाहरुले छामेर स्पर्श गरेर त्यो कुन कलरको छ । के कस्तो छ भनेर बताउन सक्ने भएका छन् । उनिहरुले स्पर्शबाटै भिजिटिङ्ग कार्ड समेत पढेर सुनाइ दिएका थिए । माइन्ट ब्रेन एक्टीबेसन वर्कशिप अन्तर्गत बालबालिकाहरुले आँखामा पट्टी लगाएर मानिसलाई सुघेर त्यसको स्पाइलबाट त्यो मानिस कता तिर रहेको छ पत्ता लगाउन समेत सफल भएका थिए । उक्त वर्कशपमा १८ जना बालबालिकाहरु सहभागित रहेका थिए ।

कार्यक्रमको बारेमा प्रकाश पार्दै टाईनी टट्स मन्टेश्वरी मिलन चौककी संचालक प्रिसिन्सपल सरिता शाहले यस वर्कशपले साइट इफेक्ट केही पनि नगर्ने बताइन् । यसको फाइदा के हुन्छ भने बच्चाहरुलाई कल्सननेस्क गर्न, बच्चाहरुको सेयरीङ्ग क्यापसेटी, कोडिनेशन गर्न एकदमै हेल्फफुल गर्छ साथै यसले गर्दा बच्चाहरुको पढाईमा पनि बुद्धी हुने बताइन् । यस्तो किसिमको प्रयोगलाई बच्चाहरुलाई समय दिइ निरन्तरता दिन सक्नुपर्ने समेत बताइन् ।

यूनिक ब्रेन नेपाल सरकारद्वारा मान्यता प्राप्त एउटा अनौपचारिक शैक्षिक संस्था हो जसले अनौपचारिक शैक्षिक तथा व्यक्तित्व विकासका कार्यक्रमहरु आयोजना तथा संचालन गर्दछ ।

हाल बेलायत, अस्ट्रेलिया, अमेरिका, सिङ्गापुर, मेलशिया, चिन, जापान र भारत लगायतका मुलुकहरुमा सफलतापूर्वक प्रयोगमा आएको विज्ञानको आधुनिक उपलब्धि Dermatoglyphics (हस्ताग्रचिन्ह विज्ञान) को माध्यमबाट व्यक्तिको अन्र्तनिहित सिकाइहरुको तरिका र स्वभाव जान्न सकिन्छ । जुन कुरा पहिलो पटक १९३८ मा विश्व प्रसिद्ध वैज्ञानिक प्रा.डा. होवार्ड गार्डनरले हरेक मानिसमा आठ तरिकाको जन्मसिद्ध प्रतिभा हुन्छन् भन्ने कुरा उनको पुस्तक Frames of Mind मा उल्लेख गरिएको छ, तसर्थ कुनै पनि व्यक्तिले आफ्नो जन्मसिद्ध प्रतिभाको पहिचान गरेमा सोही क्षेत्रमा पूर्ण सफलता प्राप्त गर्न सकिन्छ । विज्ञानले आज सम्म संसारमा धेरै कुराहरुको चमात्कारिक अविष्कार गरीसकेको परिपेक्ष्यमा तपाईं हाम्रो नानी बाबुहरुको लागि DMIT तथा Brain Development मा Scientifically Reason सहित Mid Brain Activation को चमत्कारिक कार्यक्रम पहिलो पटक नेपालमा सुरु भएको छ ।




