अत्तरिया- कैलालीको गोदावरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ४ मा मोटरसाइकल दुर्घटना हुँदा खडक बहादुर विष्टको मृत्यु भएको हो ।






प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरिया कैलालीका अनुसार शुक्रवार राति पहाडदेखि तराइ आउदै गरेको सुदूरपश्चिम प्रदेश ०२ ००३ प ६०५८ नम्बरको मोटरसाइकलका चालक डडेल्धुराको परशुराम नगरपालिका वडा नम्बर ११ का २१ वर्षीय विष्टको अस्पतालमा मृत्यु भएको छ।





उनको उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा शनिवार बिहान मृत्यु भएको हो । दुर्घटनाको बारेमा प्रहरीले थप अनुसन्धान थालेको जनाएको छ ।




