डडेल्धुराका सरकारी कार्यालयमा छड्के अनुगमन, १७३ कर्मचारी अनुपस्थित

डडेल्धुरा- दसैँ बिदा सकिएको हप्ता दिन बितिसक्दा सम्म पनि सरकारी कर्मचारी कार्यालयमा हाजिर भएका छैनन् । कर्मचारीहरू कार्यालयमा नआएको गुनासो बढेपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले मङ्गलवार छड्के अनुगमन गरेको थियो ।

Ganyapdhura gau
Dadhaldhura pur

प्रशासनले २९ कार्यालयमा छड्के अनुगमन गर्दा २९ कार्यालयका एक सय ७३ जना कर्मचारी अनुपस्थित रहेको पाइएको बताएको छ । ती मध्ये डडेल्धुरा अस्पतालका मात्रै ९२ जना रहेका छन् ।

Navadurga sun
Godawari sandesh

जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा चन्द्रबहादुर रोकायाका अनुसार अनुगमनका क्रममा नौ कार्यालयका कार्यालय प्रमुख समेत अनुपस्थित रहेको पाइएको छ ।

अनुपस्थित रहने कार्यालय प्रमुखमा यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख हर्ष रोका, स्वास्थ्य कार्यालयका प्रमुख केशरबहादुर साउँद, ग्रामीण उद्यम तथा आर्थिक करिडोर कार्यालयका प्रमुख द्रोण बुढाथोकी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयका प्रमुख ध्रुवराज जोशी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख गणेशकुमार रोका, जिल्ला आयुर्वेद कार्यालयका प्रमुख निशान्त शर्मा, पूर्वाधार विकास कार्यालयका प्रमुख नवराज रावल, नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र डडेल्धुराका प्रमुख रमेश अवस्थी र प्रदेश कोलिनिकाका प्रमुख चेतराज जोशी रहेका छन् । कार्यालयमा उपस्थित नभएका कर्मचारीलाई प्रशासनले अनुपस्थित हुनुको कारण सहित तिन दिन भित्र स्पष्टीकरण दिन भनेको छ ।

Couple
Loading...