उपमहानगरको बजार अनुगमनका क्रममा तीन पसललाई जरिबाना

धनगढी– धनगढी उपमहानगरपालिकाले बजार अनुगमनलाई निरन्तरता दिएको छ । उपमहानगरको बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण समितिले कात्तिक १२ गते धनगढीका १० वटा पसलमा अनुगमन गरेको हो ।

सर्वसाधारणको गुनासो आएपछि वडा नम्बर १, ५ र ८ मा रहेका विभिन्न १० वटा डेरी, पसल र नास्ता पसलमा गरिएको अनुगमनका क्रममा तीनवटा पसललाई जरिबाना गरिएको छ ।
बाँकी पसललाई व्यवसाय नवीकरण र दर्ता गर्न ७ दिनको म्याद दिइएको बजार अनुगमन टोलीका संयोजक नारायण प्रसाद शर्माले बताए । बजार अनुगमन टोलीले वडा नम्बर १ को शिवनगरमा रहेको हाम्रो डेरी, वडा नम्बर १ मै रहेको कैलाशेश्वरी डेरी र वडा नम्बर ८ मा रहेको मयुर डेरीलाई जनही एक हजार रुपैयाँ जरिबाना गरिएको शर्माले बताए ।

Navadurga sun

तीनै डेरीमा बालाजी कम्पनीको लेबल नभएको आइसक्रीम बिक्री गर्न राखेको पाइएकाले जरिबाना गरिएको हो । बजार अनुगमन टोलीले वडा नम्बर ५ मा रहेको छिमेकी डेरी तथा नास्ता पसल दर्ता नभई सञ्चालनमा रहेको फेला पारेको छ । छिमेकी डेरीमा बिक्रीका लागि राखिएको दूध ल्याक्टो मिटरले नाप्दा २२ दशमलव ५ अङ्क मात्रै देखाएकाले दूधको शुद्धतामा ध्यान दिन निर्देशन दिइएको छ ।

यसैगरी वडा नम्बर ५ मै रहेको साझा नास्ता पसल, कैलाशेश्वरी डेरी, वडा नम्बर १ मा रहेको एनएच मार्ट, वडा नम्बर ८ को क्याम्पस चोकमा रहेको नवीन नास्ता पसल र चित्रा डेरी तथा मिष्ठान पनि दर्ता बिना सञ्चालनमा रहेको पाइएको छ । यस्तै वडा नम्बर १ मा रहेको सीताराम डेरी एण्ड एग्रोटेकलाई सरसफाइमा ध्यान दिन सुझाव दिइएको अनुगमन टोलीका संयोजक शर्माले बताए ।

ADD Khali jpg
Loading...