डडेल्धुरा– डडेल्धुरामा मोटरसाइकल र कार एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । जिल्लाको आलिताल गाउँपालिका-१ गांखेतमा भात्काँडाबाट बुडरतर्फ जाँदै गरेको यूके ०६ बीसी २११२ नम्बरको मोटरसाइकल र सुदूरपश्चिम प्रदेश ०१००१ च २९५५ नम्बरको कार एक आपसमा ठोक्किएका हुन् ।






दुर्घटनामा परेर दार्चुलाको मालिकार्जुन गाउँपालिका-४ ऐरीछाना निवासी अन्दाजी ५४ वर्षीय शम्भुसिंह धामीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका धामीको टाउकोमा चोट लागेको र उनलाई उपचारका लागि धगगढीस्थित माया मेट्रो अस्पताल पुर्याएपछि डाक्टरले मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।





विपरित दिशाबाट आउँदै गरेको बैतडी सुर्नाया गाउँपालिका-२ बस्ने ३५ वर्षीय कृष्ण विष्टले चलाएको कार र उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।




