

धनगढी– नेपाल टेलिकम धनगढीमा दिउँसै हेलमेट चोरी भएको छ । मंगलबार दिउँसो दूरसञ्चार धनगढीबाट हेलमेट चोरी भएको हो । दूरसञ्चारको सवारी पार्किङ्ग स्थलबाट आफ्नो पुरानो हेलमेट छोडेर एक व्यक्तिले दूरसञ्चार कार्यालयका कर्मचारी नरेन्द्र प्रसाद पन्तको स्कुटरको हेलमेट चोरी गरेका हुन् । हेलमेट चोरी गरेको दृष्य सिसिटिभी फुटेजबाट देखिएको छ ।




