कञ्चनपुरका प्रहरी जवानको बारामा दुर्घटना हुँदा मृत्यु

बारा-  मोटरसाइकल दुर्घटनामा परी शनिबार प्रहरी जवानको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–११ घर भई इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनारको मृत्यु भएको हो।

प्रहरी उपरीक्षक सुशप्रसाद काफ्लेका अनुसार शनिबार बिहान ७ः३० बजेको समयमा निजगढ नगरपालिकाबाट वडा नं ८ बाट जीतपुर सिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचना पाएपछि खोजी गर्दै जाने क्रममा उनको मोटरसाइकल दुर्घटनामा परेको हो।

Navadurga sun

आफैँले चलाएको ज १२ प ७१५४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सुनारको टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको थियो। प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसकी थप उपचारका लागि एलएस न्यूरो अस्पतालमा लगिएकामा उपचारका क्रममा १२ः१५ बजे उनको मृत्यु भएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए।

 

ADD Khali jpg
ADD Khali jpg
Loading...