डमरु हुर्काउन कैलालीको वसन्ता आइपुगी एक बघिनी

धनगढी- कैलालीको वसन्ता वन क्षेत्रमा एक पोथी पाटे बाघ देखापरेको छ। भाले बाघबाट बच्चा (डमरु) जोगाउन पोथी बाघ उक्त क्षेत्रमा आएको बताइएको छ। हालसालै सुत्केरी भएकी बघिनी एक हप्ताअघि उक्त क्षेत्रमा प्रवेश गरेको स्थानीय संरक्षणकर्मी घनश्याम पौडेलले बताए ।

पछिल्लोपटक सुर्खेतबाट आएका सिकारीले सोही क्षेत्रमा रहेको एक पाटे बाघलाई मारेको हुँदा यसपटक आएकी बघिनीको लोकेसन बताइएको छैन । साथै बघिनीसँग भएका डमरुको संख्यासमेत खुलाइएको छैन ।

Navadurga sun

भारतको जंगलमा डमरु जन्माएर हुर्काउन बघिनी त्यहाँ आइपुगेको हुनसक्ने डभिजन वन कार्यालय कैलालीले जनाएको छ । बाघ पहिलोपटक सुत्केरी भएकाले उसले बच्चा स्याहार्ने तरिका सिकेको छैन ।

त्यस्तै उसले सुरक्षित बाटोका बारेमा समेत जानकारी नपाएकाले स्थानीयलाई सर्तकता अपनाउन वन कार्यालय कैलालीले आग्रह गरेको छ ।

डमरुसहित बाघ बस्ती नजिक आएको हुँदा यस्तो बेला जंगल नजान तथा जानै परे चनाखो हुनुपर्ने भन्दै सामुदायिक वनका चोरी सिकारी कार्यदलहरूले सर्तकता सन्देश प्रवाह गरिरहेका छन् । पछिल्लोपटक कैलालीको वसन्ता वन क्षेत्रलाई बाघले डमरु हुर्काउन सुरक्षित क्षेत्र ठानेर त्यहाँ जाने गरेको बताइन्छ ।

 

ADD Khali jpg
Loading...