सहरमा रहेका बाँदरको भोक मेटाउँदै ‘आइ केयर यु’

धनगढी- कञ्चनपुरको भीमदत्तनगरस्थित महेनद्रनगर बजारमा बस्दैआएका भोका बाँदरको भोक जनावरप्रेमी युवाको समूह आइ केयर युले मेटाउँदै आएको छ । जङ्गल जान बिर्सेर सहरमा खानाको खोजीमा भौतारिने बाँदरलाई सो समूहले विगत चार पाँच वर्षदेखि खाना खुवाउँदै आएको हो ।

आफ्नो प्राकृतिक बासस्थानमा नगइ सहरमा भौतारिने बाँदरलाई हप्ताको दुई तीन दिन केरालगायत अन्य फलफूल खुवाउने गरेको समूह आवद्ध विष्णुप्रसाद पनेरुले जानकारी दिए ।

Dadeldhura hospital

बाँदरलाई फलफूलका लागि कहिलेकाँही केही मनकारीले सहयोग गर्ने गरेको र धेरैजसो समय आफ्नै खर्चबाट फलफूल खुवाउने गरेको उनले बताए ।

“दशक अघिदेखि बजारमा बस्दै आएका बाँदर अब सायद जङ्गल फर्कदैनन्”, पनेरुले भने,“वनमा बस्ने बाँदर त्यहाँ जान नचाहेपछि समस्या भइरहेको छ ।” महेन्द्रनगर बजारमा करिब २० वटा बाँदर बस्दै आएका जनाइएको छ ।

आई केयर यु मा वन्यजन्तु तथा घरपालुवा जनावरप्रेमी एवम् संरक्षणमा क्रियाशील सात÷आठ जना आवद्ध छन् । उनीहरुको समूह आई केयर यु ले रोगी, बिरामी, घाइते छाडा चौपायदेखि लिएर कुकुरसमेतको उपचार गर्दै आएको छ ।

Loading...