
धनगढी- धनगढीबाट भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१३ बस्ने ४२ वर्षीय रामशरण राना भरुवा बन्दुकसहित मंगलबार राति पक्राउ परेका हुन्।


रानासँग भरुवा बन्दुक रहेको भन्ने आधारमा प्रहरी निरीक्षक उपेन्द्र बमको कमाण्डमा खटिएको टोलीले ससुरा नाता पर्ने मनिराम रानाको गाईगोठ भित्र लुकाई छिपाई राखेको अवस्थामा एक नाले भरुवा बन्दुक एक थान र सोही बन्दुकमा प्रयोग हुने छर्रा पाँच थानसहित रानालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।