दर्शै तिहारलाई लक्षित गरी सिवाईसी क्लबले हाल्यो पिङ

अत्तरिया- कैलालीको अत्तरियामा रहेको न्यु सृजनशिल युवा क्लबले दशैं तिहारलाई लक्षित गरी पिङ हालेर पर्व मनाउने तयारी गरेको छ । क्लबको आयोजनामा हालिएको पिङकाे उद्घाटन अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष कल्यान सिह बोहराले रिबन काटे्र गरेका छन् ।

उद्घाटन् कार्यक्रममा बाेल्नु हुँदै अध्यक्ष बोहराले पुरानो संस्कृतिको झल्को देखिने काम यस न्यु सृजनशिल युवा क्लबले गरेको बताए । ‘यस क्लबले हाम्रो यो क्षेत्रमा धेरै राम्रो काम गरी रहेको मैले पाएको छु’ उनले भने, ‘हाम्रो हातबाट र उद्योग वाणिज्य संघको तर्फबाट हुने कुनै पनि सहयोग हर बखत हामी तयार रहने छाैं ।’

Dadeldhura hospital

दशैं तिहारको समयमा युवाहरूलाई रमाइलो दिन र हराउँदै गएको संस्कृति संरक्षण गर्न पिङ हालिएको युवा क्लबका सदस्य अनिश सिहले बताए ।

शहर बजार र गाउँघरमा दशैं सुरु हुने माहौलमा रम्न थालिसकेको छ । दशैंको रमझमसँगै पिङ खेल्दै रमाउने बेला भइसकेको सदस्य सिहले बताए । दशैंमा पिङ खेल्ने परम्परा ओझेलमा परिसकेको छ । यही ओझेलमा परेको परम्परा संरक्षण गर्ने अभियान चलेको उनले बताए ।

पुरानो संस्कृति संरक्षण गर्नुपर्छ भन्ने धारणाले अभियान सुरु गरेर आज पिङ हालिएको बताएका थिए । बाबु बाजेको पालादेखि सुरु भएको परम्परा र संस्कृति जोगाउनु पर्छ भन्ने उद्देश्यले यस क्लबका युवाहरुको सहकार्यमा पिङ हालिइको समेत उनले बताए ।

उक्त कार्यक्रममा अत्तरिया उद्योग वाणिज्य संघका सदस्य ज्ञानेन्द्र खड्का , नेकपा एमाले नगर कमिटी सदस्य तथा स्थानिय युवा नेता बिक्रम बिष्ट लगायत क्लबका सदस्य र युवाहरुको उपस्थिती रहेको थियो ।

Loading...