बाजुराको मार्तडीमा अवस्थित मालिका मन्दिरमा चोरी

बाजुरा- बाजुराको सदरमुकाम मार्तडीमा अवस्थित बडिमालिका मन्दिरमा चोरी भएको छ। शुक्रबार राति मन्दिरको मुल ढोका तोडफोड गरि दान पेटीका समेत चोरी भएको मन्दिर व्यवस्थापन समितिका सचिव लालबहादुर विकले बताए । मुल ढोका भित्रै रहेको दान पेटीका सिङ्गो उठाएर लिएको समितिले जनाएको छ ।

Ganyapdhura gau
Dadeldhura hospital

पूजा कोठा र भगवतीको मूर्ति राखिएको कक्षमा समेत तोडफोड भएको छ भने सोही कक्षमा पूजामा चढाइएको ६ सय ५० रुपैयाँ पनि लिएको मन्दिरका पुजारी कर्ण रावलले बताए ।

Navadurga sun
Godawari sandesh

दशैं लक्षित खर्च व्यवस्थापनको नियत राखेर युवाहरूको समूहले चोरी गरेको हुन सक्ने आशङ्का गरिएको छ। मन्दिर व्यवस्थापन समितिले प्रहरी मुचुल्का सहित जिल्ला प्रहरी कार्यालय बाजुरामा उजुरी दिइएको छ ।

Loading...